दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपियाे
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार ११:४:२७
२७ भदौ, तनहुँ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो ।
अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलब्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेको थियो । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो ।
अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैली तथा स्त्रीरोग र हड्डीको शल्यक्रिया गर्ने तयारी गरेको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार