चितवनबाट काठमाडौं जाने बिरामी घटे
![रासस](
https://nepalbahas.prixacdn.net/media/albums/rss_logo_t4c3qyDxrH.png
)
रासस
भदौ २७, २०८१ बिहिबार १२:२१:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/joro_BO32OrRQdL_RPIGc206b2.jpg)
♦ नारायण अधिकारी
२७ भदौ, चितवन । दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौं गएको उल्लेख छ । तत्कालीन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा. भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्याङ्क लिएको थियो ।
अधिकारीको भनाइमा भरतपुर मेडिकल सिटीको अध्ययनका लागि लिइएको तथ्याङ्कमा धेरै बिरामी थप उपचारका लागि काठमाडौं गएको पाइएको थियो । यो सङ्ख्या अहिले आएर हेर्दै गर्दा निकै कम भएको देखिन्छ । एकिन तथ्याङ्क नलिइएको भए पनि देशभरका एम्बुलेन्स चालकको साझा संस्था संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका अध्यक्ष नवराज लामिछाने अहिले दैनिक छ//सात एम्बुलेन्स मात्रै बिरामी लिएर जाने गरेको बताउँछन् ।
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहेका डा. अधिकारी पहिले पहिले बिरामी सामान्य परीक्षण यहाँ गरेर थप परीक्षणका लागि काठमाडौं जाने गर्दथे । उनले भने, “उपचार थालेको एक दुई दिनमा ठीक हुन्छ कि हुँदैन, होइन भने काठमाडौं जान्छु बिरामीले भन्ने गर्नुहुन्थ्यो, अहिले त्यस्तो छैन ।”
अहिले जिल्लामा सबै सुविधा भएका कारण सकेसम्म बिरामी यही उपचार गर्न चाहने गरेको उनको भनाइ छ । उनले भने, “सबै खालका उपचार यहाँ हुने भएपछि बाहिरी जिल्लाबाट काठमाडौँ जाने गरेका बिरामी पनि यहाँ आउने गरेका छन् ।”
भरतपुरमा संघीय सरकारको केन्द्रीय स्तरको एक भरतपुर अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पतालसहित २० भन्दा बढी साना तथा ठूला निजी अस्पताल सञ्चालनमा छन् । यसका अतिरिक्त उत्कृष्ट प्रयोगशाला यहीँ छन् ।
केही वर्ष अघिसम्म यहाँबाट मुटु, न्यूरो, बाल शल्यचिकित्सा, हर्मनरोग, मेरुदण्डजस्ता रोगका बिरामी काठमाडौं जाने गर्दथे । यहाँका मेडिकल कलेजले नेपालमा दिन सकिने सबै सेवा दिएकै कारण यहाँका बिरामी बाहिर जान घटेका हुन् ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि काठमाडौँ जाने बिरामी घटेको बताउँछन् । उनले भने, “काठमाडौँ जाने होइन, बिरामी काठमाडौँबाट चितवन आउने गरेका छन् ।” उनले छिमेकी जिल्लाबाट रिफर भएर पनि ठूलो सङ्ख्यामा बिरामी यहाँ आउने गरेको बताए। उनले भने “मुटु, मृर्गौला, मेरुदण्ड लगायतका बिरामी काठमाडौँबाट चितवन आउँछन् ।”
क्यान्सर उपचारका लागि चितवन देशकै केन्द्र भएको भन्दै प्राडा न्यौपानेले राजधानीसहित देशैभरी र भारतबाट समेत बिरामी आउने गरेको बताए । राजधानी काठमाडौँमा हुने उपचार चितवनमा हुने उहाँको भनाइ छ । उनले भने, “बोनम्यारो प्रत्यारोपणबाहेक सबै उपचार चितवनमा हुन्छन् ।”
भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल विगतको तुलनामा निकै न्यून बिरामी मात्रै यहाँबाट रिफर लिएर जाने गरेको बताउँछन् । उनले भने, “चितवनमा विशिष्टिकृत सेवा सुरु भएसँगै बिरामीहरू यही उपचार गर्न थालेका छन् ।” सरकारी र निजी क्षेत्र दुवैमा उच्चस्तरका उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण यहाँ सबै खालको उपचार सम्भव हुँदै गएको उनी बताउँछन् ।
भरतपुर आँखा अस्पताल आँखा उपचारमा विशिष्टिकृत बन्दै गएपछि यहाँको आँखा उपचार सेवा पनि राम्रो बनेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्यूटमा बोनम्यरो प्रत्यारोपण बाहेकका सबै खाले उपचार हुने गरेका छन् ।
देशको मध्यभागमा पर्ने र यातायातको सहजताले पनि यहाँ देशैभरीबाट बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाबाट यसअघि काठमाडौँ जाने गरेका बिरामी पछिल्ला दिनमा यहाँ आउने गरेका छन् । स्वास्थ्य बीमाको सुविधा यहाँका ठूला अस्पतालमा हुँदा बिरामीलाई उपचारमा सहज भएको छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपनेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
अभियानको १२ औं दिनसम्म १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार