कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १४:२४:३४
२७ भदौ, गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
“सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो”, उनले भने, “लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो ।”
कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । सुरजकी जेठी श्रीमती रिताले आफु हुँदाहुँदै श्रीमान्ले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिनुभएको थियो ।
“उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरी गोरखा ल्याइएको हो”, श्रेष्ठले भने । निजलाई आज अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार