मणिपुरमा हिंसा वृद्धि भएपछि भारतीय प्रहरीद्वारा ३३ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १४:४२:१७
२७ भदौ, नयाँ दिल्ली । जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यू र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् ।
मणिपुरमा मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ को मे महिनामा सुरु भएको जातीय द्वन्द्वले कम्तीमा २०० जनाको ज्यान लिएको छ ।
महिनौँको सापेक्षिक शान्तिपछि यस महिना द्वन्द्वको नयाँ लहर सुरु भएको हो । विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले बताएको छ ।
“पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य ३३ जनालाई पक्राउ गरेको छ”, प्रहरीको एक विज्ञप्तिमा भनिएको छ । प्रहरीले मानिसहरूलाई हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न कानून प्रवर्तन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ ।
गत वर्ष महिनौँसम्म चलेको ‘ब्ल्याकआउट’लाई दोहोरÞ्याउँदै अधिकारीहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन् । प्रहरीले कर्फ्यूको आदेश पनि जारी गरेको थियो तर राज्यको राजधानी इम्फालमा सयौँले आदेशको अवहेलना गर्दै प्रदर्शन गरेका थिए । मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै मङ्गलबार विरोध प्रदर्शन गरेका थिए ।
मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् । सरकारी तथ्याङ्कअनुसार गत वर्ष दुई समुदायबीचको लडाइँले लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
पुष १, २०८१ सोमबार
एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै
पुष १, २०८१ सोमबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार