१७ राजदूतको सुनुवाइ सकियो, भदौ ३० गते निर्णय लिने
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १६:२६:१५
२७ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतको सुनुवाइ सकेको छ । निर्णय भने ३० भदौमा लिने भएको छ । समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकिएको हो ।
अब समितिले ३० भदौमा बिहान ९ बजे बैठक बोलाइएको छ । आजको सुनुवाइमा अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका थिए । रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि विश्वसनीयता बन्ने र समृद्धिको ढोका खुल्ने बताए ।
अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र जोन अफ क्यानेडीले नेपालको सगरमाथाबारे चासो देखाएको भन्दै उनले भने, ‘हामीले सगरमाथा डाइलग भनेर पनि अगाडि बढाउन खोजेका छौं । यो विषयलाई लिएर अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ कि ?’
राजदूत भएर गए यसमा आफूले पहल गर्ने उनले बताए । नेपालको संसद र अमेरिकी कंग्रेसको बीचमा पनि सम्बन्ध बढाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि काम गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार