ईसीबीले ब्याजदरमा कटौती गर्ने संकेत
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १६:३०:४६
२७ भदौ, काठमाडौँ । मुद्रास्फितिमा आएको सुस्तता र आर्थिक परिदृश्य अँध्यारो हुँदै गएपछि युरोपेली केन्द्रीय बैंकले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ।
बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको यूरोपेली केन्द्रीय बैंक 'ईसीबी'ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो।
फ्रयाङ्कफर्टस्थित बैंकले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो ।
ईसीबीको प्रशासकीय परिषद् 'गभर्निङ काउन्सिल'ले जुलाईमा उधारो लागतलाई नियन्त्रणमा राखेको थियो तर अर्को त्रैमासिक बिन्दु बिहीबार ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ । यो निर्णयले व्यवसाय र नागरिकहरूलाई थप राहत प्रदान गर्नेछ।
युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीबाट सन् २०१९ पछि यो दोस्रो दर कटौती हुनेछ । बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले भने, “हालका सबै ईसीबी वक्ताहरूले दरहरू घटाउन चाहेशो पुष्टि गरेका छन्।”
नीति निर्माताहरूको कटौतीको साथ अगाडि बढ्ने विश्वासलाई विगत एक वर्षमा उथलपुथल भएको मुद्रास्फीति अब अझ निरन्तर गिरावटको मार्गमा रहेको सङ्केतहरूलाई बल दिएको छ ।
युरो जोनको मुद्रास्फीति अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य वृद्धि ठीक एक बर्ष अघिको तुलनामा २।२ प्रतिशतमा खुम्चिएको छ, जुन जुलाईको २।६ प्रतिशतबाट पनि कम हो।
सन् २०२२ को अक्टोबरमा रुसले युक्रेनमाथि गरेको आक्रमण र महामारीपछिको आपूर्ति शृङ्खलाको समस्याका कारण खाद्यान्न र ऊर्जाको लागत बढेपछि मुद्रास्फीति दर १०.६ प्रतिशत पुगेको थियो ।
अमेरिकी फेडरल रिजर्भले पनि हालैको कमजोर तथ्याङ्क र लामो समयकाृ बजारको उथलपुथलपछि अर्को हप्ता आफ्नो बैठकमा ब्याजदर कटौती सुरु गर्ने तयारी गरेको छ ।
यसले ईसीबी नीति निर्माताहरूलाई पनि उनीहरूको आफ्नै कटौतीको साथ अगाडि बढ्ने बारेमा आत्मविश्वास बढाउनेछ। लगानीकर्ताले ईसीबीकी प्रमुख क्रिस्टिन लेगार्डको बैठकपछिको पत्रकार सम्मेलनलाई नजिकबाट नियालिरहेका छन् ।
आइएनजी बैंकका अर्थशास्त्री कास्र्टन ब्रेजेस्कीले भने, “यो अव्यवस्थित तस्वीरको अर्थ सेप्टेम्बरपछिको ब्याजदर कटौतीको निर्णय वित्तीय बजारको मूल्यभन्दा बढी जटिल र विवादास्पद हुन सक्छ। फलस्वरूप, हामी बिहीबारको बैठकमा कुनै नयाँ अग्रगामी मार्गदर्शनको अपेक्षा गर्दैनौं।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
पुष १, २०८१ सोमबार
एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै
पुष १, २०८१ सोमबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार