आफू मातहतका निकायलाई जग्गा खोज्न स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १९:५२:५०
२७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य निकाय तथा अस्पताललाई मन्त्रालयको जग्गा खोज्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालय मातहतका २४ स्वास्थ्य संस्थालाई जग्गाको विवरण तथा उपभोगको अवस्था खोजेर पठाउन निर्देशन दिएको जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, भेरी अस्पताल, राष्ट्रिय स्वास्थ्य तामिल केन्द्र, कोशी अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नारायणी अस्पताल, कान्ति अस्पताल, किटजन्य रोग अनुसन्धान, तालिम केन्द्रलगायत स्वास्थ्य संस्था रहेका छन् ।
“ती स्वास्थ्य संस्थालाई जग्गाको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई उपभोग वा लिजमा उपलब्ध गराएको छ वा छैन ? र उपभोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ, सो सबै स्पष्ट खुलाइ पठाउन आग्रह गरिएको छ”, प्रवक्ता डा बुढाथोकीले भने ।
प्रवक्ता डा बुढाथोकीका अनुसार सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि मन्त्रालयले प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । मन्त्रालय निकायका नाममा रहेका जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा त्यसको जानकारी मन्त्रालयमा आएर वा पत्राचारद्वारा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीर्घरोगका लागि औषधिको लागत संकलन गर्दै कामपा
माघ ७, २०८१ सोमबार
डोटीमा बिहेको भोज खाँदा ९० जना बिरामी, रगतको नमुना परीक्षण गरिँदै
माघ ६, २०८१ आइतबार
अछाममा बिरामीलाई तातो कम्बल र तन्ना वितरण
माघ ६, २०८१ आइतबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार