झापामा पूजाको प्रसाद खाँदा ८० जना बिरामी
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार २१:१६:३३
२७ भदौ, झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । बिरामी हुने मध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।
प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए । तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए । बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो । सो पूजामा प्रसाद खानेहरू बिरामी परेका हुन् । ‘फुड पोइजन’ भइ उनीहरु बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।
बिरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी लगायतले अस्पताल पुगेर बिरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो । केही बिरामीमा उच्च ज्वरो (१०४ डिग्रीसम्म) देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शनिश्चरे आधारभूत अस्पतालमा शय्या अभाव भएपछि बार्दली र भुइँमा राखेर बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए । सबै बिरामीको अजुर्नधारा नगरपालिकाले निःशुल्क उपचार गर्ने जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे अन्यत्र अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरप्रमुख गोम्देनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार