फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार २१:३३:१
२७ भदौ, काठमाडौं । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ । कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको गायन छ ।
रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका शीर्ष अभिनेता विपिन कार्की, अभिनेत्री पूजा चन्दसहितका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् । गीतको सेटअपले बिहेको माहोल दर्शाउँछ । विपिन र पूजा श्रीमान्-श्रीमतीको रुपमा देखिएका छन् । शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन अर्धवैसे र जवान गरी दोहोरो भूमिकामा छन् ।
फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ । ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’मा अनिल पाण्डे र शिवराज कार्की निर्मातामा छन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन तथा अजय खड्काको सम्पादन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ
असोज १, २०८१ मंगलबार
एक्टरकी नायिका आनाको क्यारेक्टर पोस्टर सार्वजनिक
भदौ २८, २०८१ शुक्रबार
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
भदौ २४, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार
असोज २, २०८१ बुधबार
दशैं लक्षित अग्रिम टिकट खुलाउने विषयमा यातायात मन्त्रीको अग्रसरतामा छलफल
असोज २, २०८१ बुधबार
संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे
असोज २, २०८१ बुधबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार