अदालतबाट ६ वर्ष सजाय तोकिएका इन्जिनियर भट्टराई विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा

नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार २२:२३:५०

२७ भदौ, काठमाडौं । घुस खाएको रकम जग्गामा लगानी गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपल्ट सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । घुस वापतको रकम जग्गामा लगानी गरेको देखिँदा अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरूद्ध पहिलो पटक सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
गत जेठ २४ गते उनलाई विशेष अदालतले भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको हो । लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेपछि अहिले अख्तियारले सम्पत्ति शुद्धिकरणको मुद्धा लगाएको हो । ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गाजमिन जोडेको लगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०८० चैत २५ विशेष अदालतमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।
भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अभियोग लगाएको थियो । अदालतले प्रतिवादी बनाइएकी आमा जनक नन्दनी भट्टराईलाई भने सफाइ दिएको छ । कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको अख्तियारको अभियोग पत्रमा थियो ।
अख्तियारले दायर गरेको अभियोग पत्रअनुसार घूससहितको रकमबाट भट्टराईले आमा जनकनन्दनीका नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेका थिए । भट्टराई आव २०७५÷७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । भट्टराई कै पालामा अहमदले १ अर्ब २२ करोडको ठेक्का पाएका थिए । त्यही बेला भट्टराईले ठेकेदारबाट लिएको घूसको विवरण बाहिरिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।
उनको मुद्धामा पहिलो पटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार खोसेपछि अख्तियारले नै यो मुद्दा दायर गरेको हो ।
संशोधित कानुनी व्यवस्थाअनुसार, कुनै निकायले अर्कै अपराधमा अनुसन्धान गर्ने क्रममा गैरकानुनी सम्पत्तिको चलखेल भएको फेला पारेमा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरी मुद्दा अघि बढाउन सक्छ । अब यो अधिकार अख्तियारदेखि जिल्ला प्रहरी कार्यालयहरू, भन्सार, राजस्व लगायतका निकायले पनि प्रयोग गर्न पाउनेछन । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि अख्तियारले नै दायर गरेको मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद सजाय सुनाइएका भट्टराईविरूद्ध बिहीबार १ करोड ८५ लाख रूपैयाँ घुस लिएको भन्दै दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघिको मुद्धामा लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय तोकेको थियो ।
भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु–३ स्थित कित्ता नं १३७४ को क्षेत्रफल २ रोपनी ९ आना र कित्ता नं १३७५ को क्षेत्रफल २ आ १ पैसा भएको जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा कार्य गरिरहेका निर्माण कम्पनीहरूबाट लिएको घुसवापतको रकम प्रयोग गरेको दोषी ठहर गर्दै सो सजाय तोकेको हो । ठेकेदारबाट प्राप्त घुस रकम बीचका अन्य व्यक्ति प्रयोग गरी जग्गा बिक्रेतालाई भुक्तानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो ।
उनले बाबुल निर्माण सेवासँग घुसवापतको रकम पठाउन भनी बैंक खाता नम्बरहरू उपलब्ध गराएको र उक्त निर्माण सेवाका प्रोप्राइटरले ८० लाख रकम जम्मा गरेका थिए । त्यस्तै अर्घाखाँची–बाबुल जेभीको खाताबाट विभिन्न बैंक खातामा १ करोड ५ लाख रुपैयाँ घुसवापतको रकम लिएको देखिएको थियो । सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको हुँदा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल संगठनको जग्गा प्रकरणप्रति चासो देखाउँदै मानवअधिकार आयोगले माग्यो अनुसन्धान फाइल
फागुन २, २०८१ शुक्रबार
उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
माघ २९, २०८१ मंगलबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार