प्रशासनिक विकृति: एक वर्षमा चार पटक सचिवको सरुवा
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १०:१४:५१
२८ भदौ, काठमाडौं । एउटा सचिव कति समय कुन मन्त्रालयमा रहने भन्ने कुनै मापदण्ड छैन । सरकारले चाह्यो भने आजको भोलि सरुवा गरिदिनसक्छ । कुनै बेला इन्जिनियरिङ समूहबाट सचिव बढुवा भएको तीन वर्ष दुई महिनामा मणिराम गेलाल सात पटक सरुवा भए । सचिव बनेको सुरुको साढे सात महिनामा मात्रै उनी चार पटक सरुवामा परेका थिए ।
२०७७ मंसिरमा इन्जिनियरिङ समूहबाट सचिव बढुवा भएका सुरेश आचार्य पनि ३८ महिनामा आठौं पटक सरुवा भएका थिए । उनले एउटा कार्यालयमा सरदर पौने चार महिना मात्र काम गर्न पाएका थिए । यसरी हेर्ने हो भने सचिव सरुवामा सरकारको मनोमानी देखिएको छ । अहिले पनि एउटा सचिवमाथि सरकारले सरुवाका नाममा भद्दा मजाक गरिरहेको छ ।
उपराष्ट्रपति कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेपछि सचिव मधुसूदन बुर्लाकोटी एक वर्षमा चार ठाउँ सरुवा भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको दुई महिना पनि नभई सचिव बुर्लाकोटी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुर्याइए । त्यसको दुई महिनापछि वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका उनी डेढ महिना पनि नपुगी राष्ट्रिय तथ्याङ्क कार्यालय सरुवा गरिएको छ ।
हक्की स्वभावका सचिव बुर्लाकोटीलाई कसैले पनि मन पराउन छाडेका छन् । पछिल्लो पटक उनको सरुवा दुई–दुई महिनामा हुने गरेको छ । सचिव जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई ‘भकुण्डो’ बनाउँदा प्रशासनिक अस्थिरता निम्तिएको छ । राज्यले लाभ लिन सक्दैन । तर सरकारले यो विषयमा खासै ध्यान दिएको देखिँदैन ।
२०७८ असारमा सचिवमा बढुवा मधुसूदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट बुर्लाकोटी ६ महिनामै २०७८ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएका थिए । प्रधानमन्त्री कार्यालयमा डेढ महिना पनि नबसी सचिव बुर्लाकोटी २०७८ फागुनमा सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए । सार्वजनिक खरिद अनुगमन कार्यालय भने सचिव बुर्लाकोटी डेढ वर्ष बसे ।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सचिव बुर्लाकोटी २०८० साउनमा उपराष्ट्रपति कार्यालय सरुवा भएका थिए । उपराष्ट्रपति कार्यालयमा ८ महिना बसेपछि २०८० चैतमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको दुई महिना पनि नपुगी सचिव बुर्लाकोटी २०८१ जेठ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगे । वित्त आयोगमा थन्क्याएको डेढ महिनापछि उनी फेरि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएर गए । तर त्यहाँ पनि उनी डेढ महिना पनि टिकेनन् । २०८१ साउन १४ वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव बनेर गएका बुर्लाकोटी २०८१ भदौ नबित्दै राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका छन् । बुर्लाकोटी सहसचिव हुँदा पनि दुई–दुई महिनामै हुने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार