तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार ११:७:१४
२८ भदौ, तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् ।
उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ ।
“अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्धि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्”, कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।
त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
काठमाडौं महानगरपालिकाको शहिद दिवस [ फोटो फिचर ]
माघ १६, २०८१ बुधबार
धौलागिरी लघुवित्तको २० लाख बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो
माघ १६, २०८१ बुधबार
लामो किसिङ सिन भएपछि सेन्सर बोर्डको कैंची, ‘देवा’को घट्यो रन टाइम
माघ १६, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने गर्ने युवक पक्राउ
माघ १६, २०८१ बुधबार
शेयरबजार बुधबार र बिहीबार बन्द हुने
माघ १६, २०८१ बुधबार