तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १४:३१:४०
२८ भदौ, झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरे । उनले खेल क्षेत्रको विकास जरुरी रहेको बताउँदै नगरले खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गरे ।
सङ्घका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको बताए । “३० वर्षअघि मेची अञ्चलस्तरीय प्रतियोगिता भएको थियो”, उनले भने, “त्यसपछि रोकिएको प्रतियोगिता अहिले हुँदैछ ।”
जिल्ला ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले शुभकामना मन्तव्य राखेको थियो ।
आजदेखि सुरु भएको प्रतियोगिता यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको सङ्घका सचिव तीर्थराज ढकालले जानकारी दिए ।
प्रतियोगिताको खुलातर्फ प्रथमले रु ५० हजार, द्वितीयले रु ३० हजार, तृतीयले रु १० हजार र भेट्रान्सतर्फका प्रथमले रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीयले रु १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्याडमिन्टन प्रतियोगिता नेपाल र ढुङ्गानाको जोडी प्रथम
कात्तिक २५, २०८१ आइतबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
नेपालमा एयर ब्याडमिन्टनको सुरुवात
भदौ १२, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार