सहकारी प्रकरणको छानविन प्रतिवेदनलाई अन्तिम रूप दिन संसदीय समितिले बोलायो गृहमन्त्री
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १५:३९:७
२८ भदौ, काठमाडौं । सहकारीका बचतकर्ताको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ । समितिले अन्तिम छलफलमा लागि गृहमन्त्री रमेश लेखक, गृह सचिव र प्रहरी प्रमुखसहितलाई छलफलका लागि बोलाएको छ ।
समितिको कार्यालयमा शुक्रबार ४ बजे गृहमन्त्रीसहितका अधिकारीलाई बोलाइएको हो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल राखेको हो । आजको बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ ।
यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । यस अगाडि तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार