बागलुङ जीप दुर्घटनामा मृत्यु भएका उपाध्यक्षसहित तीनै जनाको सनाखत
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १६:१३:२०
२८ भदौ, काठमाडौं । बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उपाध्यक्ष भुपेन्द्राकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपालीको मृत्यु भएको हो ।
दु्र्घटनामा घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । रुकुमुपूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार तीन जनाकै शव पहिचान भएको हो ।
शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार