एमालेको वार्षिक कार्ययोजना पारित, मंसिरभित्र सबै तहको अधिवेशन गरिसक्ने
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १७:३४:५५
२८ भदौ, काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरूको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको गर्दै यस्तो निर्णय गरेको हो । जिल्ला कमिटीको अधिवेशनहरू कात्तिकभित्र गरिसक्ने महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ ।
वार्षिक कार्य योजनामा १८ विषय समेटिएका छन् । जसमा पार्टी सदस्यता नवीकरण,विस्तार र अभिलेखीकरणको कामलाई एमालेले कार्य योजनाको पहिलो विषय बनाएको छ । त्यस्तै नियमित रूपमा अधिवेशन र व्यवस्थापन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा समेटिएको छ । एमालेले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
एमालेले प्रत्येक वर्ष पार्टीका सम्पूर्ण कार्यकर्ता स्कुलिङमा सामेल हुनुपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषय पनि कार्य योजनामा समेटिएको महासचिव पोखरेलले बताए । केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयहरू व्यवस्थापन, प्रचारमा सोसल मिडिया परिचालन, कामका नयाँ क्षेत्र पहिचान र जिम्मेवारी, सबै तहका कमिटीमा वार्षिक बजेट तय गर्ने, पार्टी शुद्धीकरण अन्तर्गत जीवन शैली जनतामा स्वीकार्य हुनुपर्ने पनि एमालेको कार्य योजनामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार