हिंसा भन्ने शब्द नहटाएसम्म माओवादीले प्रतिनिधिसभा बैठक अवरोध गर्ने क्रमलाई जारी राख्ने
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १७:४६:२८
२८ भदौ, काठमाडौं । नेकपा माओवादीले प्रतिनिधिसभाको रेकर्डबाट हिंसा शब्द नहटाएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले बुधबार ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने रुलिङ गरेकोमा त्यो नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो । जनयुद्ध, गणतन्त्र, संघीयता, संविधानलाई अपमान गर्ने काम भएको माओवादीको ठहर छ ।
सविधानका व्याख्यात्मक टिप्पणीमा जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनबारे स्पष्ट व्याख्या गरिएको विषय भएको भन्दै माओवादी मुख्य सचेतक हितराज पाण्डले हिंसा भन्ने शब्द उल्लेख गरेर जनयुद्धलाई अपमान गर्ने काम भएको बताए । संविधानको मर्म विपरीत व्याख्या गएिको छ । संसद्को अवरोधलाई अझ सशस्त्र बनाउने निर्णय भएको छ । यसमा सहमति नभइकन संसद् अघि बढ्न सक्दैन, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार