कोलकाता बलात्कार–हत्या प्रकरण : सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार २२:६:३५
२८ भदौ, कोलकाता । केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ । आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका लागि सियालदह अदालतमा पेश गरिएको थियो । नार्को टेस्ट अनिवार्य भएकाले आरोपीको स्वीकृति पनि लिइएको छ ।
यसअघि रोयसहित आर जी कार कलेजका प्रिन्सिपल र अन्यको पोलिग्राफ परीक्षण भइसकेको छ । यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् । बिहीबार पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले जारी विरोधका बीच आफ्नो पदबाट राजीनामा दिन तयार भएको घोषणा गरिन्।
“म पश्चिम बङ्गालको मुख्यमन्त्रीबाट राजीनामा दिन तयार छु । मलाई पदको चिन्ता छैन । म पीडितको न्याय चाहन्छु । मलाई सर्वसाधारणलाई चिकित्सा सेवा पाउनेमा चिन्ता छ ।” उनले आन्दोलनरत चिकित्सकलाई कुनै कारबाही नहुने पनि आश्वासन दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
पुष १, २०८१ सोमबार
एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै
पुष १, २०८१ सोमबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार