कुमारी पूजाको प्रचलन स्याङ्जामा पनि शुरु

नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार १५:२९:५६

२९ भदौ, स्याङ्जा । काठमाडौंका नेवार समुदायले गर्दै आएको कुमारी पूजाको प्रचलन स्याङ्जामा पनि शुरु गरिएको छ । स्याङ्जाका नेवार समुदायले कुमारी पूजा गर्ने प्रचलन अहिले सम्म गरेका थिएनन् । यो बर्षदेखी अब स्याङ्जा सदरमुकाममा नेवार समुदायले जीवित कुमारी पूजा गर्ने प्रचलनलाई शुरु गरेका हुन् । नेवार समुदायमा गरिदैं आएको कुमारी पूजाको किवंदन्ती निकै लामो छ । धर्म र संस्कारलाई जर्गेना गर्ने उदेश्य सहित हरेक बर्षको हरितालिका तीजमा कुमारी पूजा गर्ने प्रचलन अगाडी बढाइएको नेवारी धर्मद्धार नाँच समितिका अध्यक्ष युगनारायण श्रेष्ठले बताए ।
स्याङ्जाका विभिन्न क्षेत्रमा छरिएर रहेका नेवार समुदायले आफ्नो परम्परा अनुसार लाखे नाँच सहित गाईजात्रा देखाउँदै आएका थिए । तर कुमारी पूजाको प्रचलन भने नेवार समुदायले गरेका थिएनन् । आफन्तहरूको निधन भएको सम्झनामा पितृहरूको गाई बनाई जात्रा देखाउने प्रचलन रहि आएकोमा यो बर्षदेखी अब हरेक बर्षको हरितालिका तीजमा कुमारी पूजा गर्ने प्रचलन ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । जनैपूर्णिमामा बाट शुरु हुने लाखे नाँच हरितालिका तीजमा आएर सकिन्छ । जनै पूर्णिमाको दिन देखी लाखेहरु बजार सगै नेवार समुदाय बस्ने स्थानमा छाड्ने र हरितालिका तीजमा लाखे भित्र्याउनुपर्ने प्रचलन भएपनि अहिले सम्म लाखे भित्राउने काम नगरिएको बताइएको छ । लाखे भित्राउन कुमारी पूजा गर्नुपर्ने नेवार समुदायको प्रचलन अनुसार यो बर्षदेखी शुरु गरिएको हो । लाखेहरु छाडिदिँदा भुतप्रेतहरु लखेटिने विश्वास नेवार समुदायले लिँदै आएका छन् ।
नेवार समुदायकै परिवारभित्र ५ बर्षदेखी ९ बर्ष भित्रका छोरीहरुलाई कुमारीमा छनोट गर्ने विधि र प्रक्रिया रहेको छ । महिनावारी नहुनु अगाडीका छोरीहरुलाई कुमारी पूजामा छनोट हुनेछन् । कुमारी छनोटमा जन्मदा दाग लागेको नलागेको, घाउचोट नलागेको र ३२ लक्ष्यणले युक्तलाई कुमारीमा छनोट गरिनेछ । कुमारीमा छनोट भएकी छोरीले भुइमा टेक्न र छुन नहुने परम्परा छ । रातो पहिरन र रातो रङ्गमा कुमारीलाई सजाएर दर्शन गर्ने, पूजा गर्ने गरिन्छ । रातो रङ्गलाई देवीको प्रतिक र हिन्दु धर्मको शक्तिका रुपमा मानिने हुँदा कुमारीलाई रातो रङ्गमा सजाइने स्थानीय लालप्रसाद श्रेष्ठले बताए ।
अब हरेक बर्ष जनै पुर्णिमाका दिन छाडिएका लाखेहरुलाई हरितालिका तीजको दिन कुमारी पूजा सगै मन्दिरमा भित्राउने प्रचलन ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । स्याङ्जा सदरमुकाम पुतलीबजार स्थित भिमसेन मन्दिरमा आगामी दिनदेखी लाखे भित्राई त्यो बर्षको लाखेनाँच र गाइजात्रा सम्पन्न हुने श्रेष्ठको भनाई छ । जनै पुर्णिमा बाट आफ्ना पितृहरुको सम्झनामा शुरु हुने लाखेजात्रा, गाईजात्रा, रोपाईजात्रा, तायमाचा जात्रा, छोकडा (सलामी) जात्रा, घोडेजात्रा, जोगी जात्रा, बाघ जात्रा र कृष्ण रथयात्रा प्रदर्शन गर्ने परम्परा छ । घोडेजात्रा भने केही समयदेखी कम हुँदै आएको बताइएको छ ।
पुतलीबजारमा शुरु गरिएको कुमारी पूजालाई अब स्याङ्जाका नेवार समुदायको साझा पूजा मानेर यो पर्व मनाउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए । यो पूजा निकै खर्चिलो र झन्झटिलो भएकाले यो पूजालाई दिगो बनाउन स्थानीय सरकारको साथ र सहयोग रहनुपर्ने श्रेष्ठले बताए । यो परम्पराले स्याङ्जा सदरमुकाममा पर्यटकहरूको आगमन हुने हुँदा यो पूजालाई सबैले सहयोग गर्न समेत आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई विगतभन्दा धेरै सुविधा दिइने, साधुसन्तको आगमन सुरु
फागुन ९, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिकाको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरू
फागुन १०, २०८१ शनिबार
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिकाको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरू
फागुन १०, २०८१ शनिबार
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
म्याग्दीको धौलागिरि गाउँपालिकाको एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरू
फागुन १०, २०८१ शनिबार
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
फागुन १०, २०८१ शनिबार