बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो' को संज्ञा
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार १८:३८:५३
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेको 'स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै 'मनपरी बोल्ने केटो' को संज्ञा दिएका हुन् ।
ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है ! त्यो सँग जनमत छ अरे ! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौं नि हामीले, बोक्नेले त बोकेकै छ ।’ उनले अगाडी भने- 'बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्यो भन्दै भ्रम चलाइन्छ। त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ ।'
‘नलढी कोही हुन्न विजेता’ भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए । उनले भने- ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्कोपटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि ! बलियाले हात छाड्दैन् ।
अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ । लड्नुपर्यो नि जित्न । आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ । विरोधीसँग लड्न मोबाइल चुप छ । अनि हामी लड्छौं कसरी ?’ उनले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको ओलीको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार