खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार २२:७:१९
२९ भदौ, धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खेलकुद क्षेत्रलाई राज्यले नै प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसको भवनमा निर्माण गरिएको ‘केएमसी स्पोट्र्स हल’को आज उद्घाटन गर्दै उनले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
मुख्यमन्त्री लामाले खेलले मानिसलाई अनुशासित बनाउने र सभ्य नागरिक उत्पादन गर्ने भएकाले आम नागरिक खेलकुद क्षेत्रमा आबद्ध हुन आवश्यक रहेको धारणा राखे । प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत प्रदेशभित्र खेलकुदको विकासका लागि विद्यालयस्तरबाट नै खेलक्षेत्रको विकासका लागि सहभागिता बढाउन आवश्यक कार्य गरिरहेको उल्लेख गर्दै उनले नगरपालिकाले पनि खेल पूर्वाधार निर्माणमा सहयोग गर्नु प्रसंशनीय कार्य भएको बताए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले नगरपालिकाको सक्रियतामा हल निर्माण गरी खेलाडी उत्पादनमा योगदान गरेकामा खुसी व्यक्त गरे । उनले बनेपामा खेल क्षेत्रको विकासका लागि स्थानीय तहले नै लगानी गर्नु सराहनीय भएको र यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले टेबलटेनिस खेललाई लक्षित गरी कभर्ड हल निर्माण गरिएको बताए ।
यसलाई आवश्यकताअनुसार बहुउद्देश्यीय हलका रूपमा उपयोग गर्न सकिने उनको भनाइ थियो । नगरप्रमुख शाक्यले बनेपा–५ को चाइना टाउनमा निर्माण भएको फुटबल खेलमैदानलाई राष्ट्रियस्तरको बनाउने योजना रहेको सुनाए । काभ्रे क्याम्पससँग सहकार्य गरेर करिब रु ४० लाखको लागतमा टेबलटेनिस बोर्ड, म्याट, ब्याट, बललगायत सामग्री व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
“हामी यहाँ खेल क्षेत्रको विकासका लागि सामथ्र्यअनुसार काम गरिरहेका छौँ । रु ४० लाखको लागतमा निर्माण गरिएको यो हल त्यसैको उदाहरण हो । दुई महिनादेखि यहाँ खेल प्रशिक्षणसमेत सुरु भइसकेको छ तर आवश्यक सामग्रीसहितको व्यवस्थापन गर्न अझै रकम अभाव भएकाले प्रदेश सरकारलाई सहयोग गर्न मेरो आग्रह छ”, नगरप्रमुख शाक्यले भने।
नगर उपप्रमुख विमला सापकोटा दाहालले बनेपा नगर क्षेत्रका खेलाडीले पालिका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेर उपाधिसमेत जितेको भन्दै यही क्षेत्रमा आवश्यक खेलमैदान बनाउने जग्गा अभाव रहनु दुःखद भएको सुनाए । ‘एक वडा एक खेलमैदान’ निर्माण गर्ने नगरको योजनामा जग्गा व्यवस्थापन नै चुनौतीका रूपमा रहेकाले यसमा सङ्घ र प्रदेश सरकारलाई आवश्यक सहजीकरणका लागि उनले आग्रह गरे ।
काभ्रे बहुमुखी क्याम्पस प्रमुख केजी वैदारले क्याम्पस भवनको माथिल्लो तलमा निर्माण गरेको हल सिङ्गो क्याम्पसकै लागि ठूलो उपलब्धि भएको बताए । उनले सो हललाई यहाँ अध्ययनरत विद्यार्थी मात्रै नभइ खेलप्रेमी आम युवाहरूले समेत उपयोग गर्न सक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार