‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार २२:१४:७
२९ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा धवलशमशेर जबराले सबै मिलेर भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्ने बताएका छन् ।बागेश्वरी असल शासन क्लब बास नेपालले आज यहाँ आयोजना गरेको ‘बास नेपाल पब्लिक स्पिच’ कार्यक्रममा उनले भने, “देशका जिल्लादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ । यसविरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”
नेता डा जबराले भ्रष्ट्राचारजन्य क्रियाकलापमा लाग्ने नेता तथा जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने र यसविरुद्ध जनताहरू पनि सचेत रहनुपर्ने धारणा राखे। क्लब (बास नेपाल) की केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले आफूहरूले विभिन्न निकायको सहयोगमा भ्रष्टाचार मुक्त अभियान सञ्चालन गरिरहेको र यसमा सबैको सहयोग रहे भ्रष्टाचार मुक्त राष्ट्र बनाउने अभियान सफल हुने विश्वास व्यक्त गरे ।
पब्लिक स्पिच कार्यक्रममा भाग लिएर उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिस्पर्धी १५ जनामध्ये प्रथम भएका दिलबहादुर भण्डारीलाई रु ५० हजार, द्वितीय सुशीला धमलालाई रु ३० हजार, तृतीय गङ्गा घिमिरेलाई रु २० हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा करुणा खनाल तथा जेपी बुढाथोकीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे
असोज २, २०८१ बुधबार
स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका स्वीकृत
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
रविलाई विश्वप्रकाशको प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
असोज १, २०८१ मंगलबार
दशैं लक्षित अग्रिम टिकट खुलाउने विषयमा यातायात मन्त्रीको अग्रसरतामा छलफल
असोज २, २०८१ बुधबार
संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे
असोज २, २०८१ बुधबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
संविधान कार्यान्वयन र जनअपेक्षा
असोज २, २०८१ बुधबार