सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट मतदान गर्ने
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार १०:३०:५६
३० भदौ, काठमाडौं । अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्सले र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् । स्पेस स्टेशनबाटपत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन् ।
भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौं भनेर काम गरिरहेको छ ।’
सुनिता विलियम्सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरेको बताए । अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ५ मा हुने भएपनि त्यसअघिनै पोष्टल ब्यालेटबाट मतदान गर्ने व्यवस्था गरिएको हुन्छ ।
सुनिता र बुच जुन ५ मा अन्तरिक्ष स्टेशनमा पुगेका थिए । उनीहरू ६ जुनमा अन्तरिक्ष स्टेशन पुगेका थिए । उनीहरु जुन १३ गते फर्किने थियो । तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरुको फिर्ती स्थगित भएको थियो । अब दुवै सन् २०२५ को फेब्रुअरीमा मा मात्रै फर्किने नासाले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार