राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार ११:४५:५
३० भदौ, वीरगंज । राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामको संस्थाले “ओजन फर लाइभ” शीर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।
सो प्रतियोगितामा वीरगन्जका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियोगीहरुले आफ्नो मन्तव्यमा ओजनको अवस्थित, त्यसको काम , मानव जीवनमा त्यसको महत्त्व, ओजनको संरक्षणका लागि खेल्नु पर्ने भूमिकाका विषयमा आफ्ना भनाई राखेका थिए ।
प्रतियोगितामा गौतम माध्यमिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रुपा गिरी तृतीय भएका थिए । प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा डा सुष्मा तिवारीले विद्यार्थीले ओजन तहका बारेमा व्यक्त गरेका विचारहरु निकै महत्वपूर्ण रहेको बताइन्। विगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरू यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं भन्दै डा तिवारीले अहिले भाईबहीनीहरुमा ढुक्कसँग बिचारको प्रस्तुती गर्ने कला देखेर खुशी व्यक्त गरिन्।
कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी लामिछाने तथा लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए । फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन आयुष्मा सर्राफले गरेकी थिइन । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सहभागिताको लागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा खालिद रेजा अन्सारी,आशुतोष चौधरी,योगिशा श्रेष्ठ,मुस्कान बरनवाल,सोनी साह कलवार,आकाश साह लगायतले भाग लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार