सुरक्षा निकायलाई समय अनकूल र थप सुदृढ बनाउन कानुन परिमार्जन गरिन्छः गृहमन्त्री लेखक
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार १३:३२:३४
३० भदौं, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ र सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढाइएको बताएका छन् । उनले विधेयक पारित भएर आएपछि अहिले प्रहरी संगठनमा देखिएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ । गृहमन्त्री लेखकले ऐन कानुन बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी थप उर्जाशिल र व्यवसायिक बन्ने बताएका ।
आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन सरकार लागिरहेको बताए । विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको उनले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।
राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको लेखकको भनाई थियो । स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिति कायम सशस्त्र प्रहरी संगठनले गरेको छ, उनले जिम्मेवारी सम्पादन गर्ने शिलशिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।
परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यवसायीक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरूको प्रबन्ध गरेको धारणा राखे । सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्य प्रदत्त जिम्मेवारी त्रुटि रहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको बताए ।
यस्ता तालिमहरूका लागि आवश्यक पूर्वाधार व्यवस्थापन तथा क्षमता अभिवृद्धिका लागि सरकारले पूर्ण साथ एवं सहयोग रहेको र यसको निरन्तरता हुनेमा समेत आश्वस्त पार्न चाहन्छु, उनले भने, सशस्त्र प्रहरी बलको नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरू आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर शान्ति सुरक्षाका क्षेत्रमा नविन योजना लागू गर्दै अघि बढिरहेको महसुस छ ।
उनले देशको विकासको पुर्व सर्त भनेकै शान्ति सुरक्षा कायम हुनु हो भन्दै सबै सुरक्षा निकाय तथा आम नागरिकहरुसंगको सहकार्य र समन्वयबाट मात्रै शासन्त सुव्यवस्था कायम गर्ने कार्य सम्भव रहनेमा जोड दिए । साथै दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए ।
उक्त समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । उक्त समारोहमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोर्कणमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार