नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार १४:२४:२३
३० भदौ, पर्सा । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. एनामुल हकले अस्पतालमा आजदेखि एमआरआई सेवा पुनःसञ्चालनमा ल्याइएको बताए। “यसअघि भुक्तानी विवादका कारण मेसिनको सफ्टवेयर अपडेट नहुँदा सेवा प्रभावित हुँदै आइरहेको थियो”, उनले भने, “भुक्तानी विवाद समाधानगरी नियमित सेवा सञ्चालन गरेका छौँ ।”
सङ्घीय सरकार मातहतको स्वास्थ्य सेवा विभागले गत कात्तिकमा बोलपत्र गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीमार्फत चीनबाट रु ३० करोडमा उक्त मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।
विभागले आपूर्तिकर्ताले मेसिन आयात गर्दा लागेको पाँच प्रतिशत कर नतिरेको भन्दै भुक्तानी रोकेको थियो । पछिल्लो समय प्रालीले पाँच प्रतिशत कर भुक्तानी गरेसँगै विभागले पनि बाँकी रहेको २० प्रतिशत बक्यौता रकम भुक्तानी गरेपछि नियमित एमआरआई मेसिन सञ्चालनमा ल्याइएको मेसु डा. हकले उल्लेख गरे । नियमित सेवा सञ्चालनमा आएसँगै नागरिकले सस्तो र सहज सुविधा पाउने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार