वित्तीय नियम उल्लंघन गर्ने ५ विकास बैंक र तीन फाइनान्समाथि राष्ट्र बैंकको कारवाही
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार १५:४०:२२
३० भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने पाँच विकास बैंक र तीन फाइनान्स कम्पनी कारवाहीमा परेका छन् । यीमध्ये केहीलाई जरिवानासमेत गरिएको राष्ट्र बैंकले जनाएको छ । कर्णाली विकास बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेपलपमेन्ट बैंक, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्समाथि राष्ट्र बैंकले कारवाही गरेको हो ।
राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको आरोपमा कर्णाली विकास बैंकलाई जरिवाना तिराइएको छ । कर्णाली विकास बैंकले २५ सय ४६ रुपैयाँ ७२ पैसा जरिवाना तिरेको छ । नारायणी विकास बैंकमाथि यसअघि राष्ट्र बैंक लगाएको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको छ । उसलाई अब पनि उस्तै गल्ती गरे जरिवानासहित कारवाही गर्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।
चौथो त्रैमासिक अवधिमा वित्तीय नीति उल्लंघन गर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक पनि परेको छ । कर्पोरेट विकास बैंकले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंकलाई समयमै दिएको थिएन । समयभित्र असली वित्तीय विवरण नबुझाएकोमा यो विकास बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा (२) मा भएको व्यवस्था विपरीत संस्थाले विवरण ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि यस बैंकले तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले हाललाई कर्पोरेट विकास बैंकलाई कारबाही स्वरुप सञ्चालक समितिलाई सचेत गराएको छ । कर्पोरेटकै जस्तो कसुर गर्नेमा एक्सेल विकास बैंक पनि परेको छ । एक्सेल विकास बैंकलाई राष्ट्र बैंकले तेस्रोपल्ट सचेत गराएको हो । प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स र रिलायन्स फाइनान्स पनि राष्ट्र बैंकको कारवाहीमा परेका छन् ।
प्रोग्रेसिभ फाइनानसले राष्ट्र बैंकले तोकिएको समयावधिभित्र वाह्य लेखापरीक्षण सम्पन्न नगरेको, २ वर्षपछि साधारण सभा आयोजना गरेको र वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशन गर्न सहमतिका लागि हालसम्म राष्ट्र बैंक समक्ष पेश नगरेको तथा राष्ट्र बैंकको निर्देशन पटक–पटक पालना नगरेका कारण संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारीलाई सचेत गराइएको छ ।
राष्ट्र बैंकले जारी एकीकृत निर्देशनको व्यवस्थाविपरीत काम गरेको गैरजिम्मेवारीपूर्ण जवाफ पेश गरेको सिन्धु विकास बैंकलाई नगदसहित कारवाही गरेको छ । सिन्धु विकास बैंकले राष्ट्र बैंकको निर्देशनविपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गरेको भेटेपछि कारवाही गरिएको हो । व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने निर्णय सञ्चालक समितिले गरेको केन्द्रीय बैंकको भनाइ छ ।
संस्थाको सुधार र नियामक निकायले दिएको निर्देशन नगरेपछि सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले ५ लाख जरिवाना तिराएको छ । सिन्धुका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम जरिवाना तिराएको जनाएको छ । यस बैंकको प्राथमिक पुँजी अनुपात आवश्यकता भन्दा ३२.९ प्रतिशत कम भएको राष्ट्र बैंकको भनाइ छ । अब यस बैंकले सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी लगायत उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा बढाउन पाउने छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार