मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउडी-भर्याङभुरुङ’ खण्ड अवरुद्ध
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार १६:२:३७
३० भदौ, नुवाकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी-भर्याङभुरुङ खण्डमा गए रातिको अविरल वर्षाले क्षति पुर्याउँदा आवतजावत प्रभावित भएको छ ।
विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङ हुँदै गोरखा जाने सडक अवरुद्ध भएको हो ।
बाढीले क्षति पुर्याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बसोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर-१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अवरुद्ध सडक सञ्चालनमा समस्या भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर(१३ डेउडीबाट सामरीभञ्याङहुदै धादिङको कटुञ्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनीरमृतसञ्जिवन जेबीले विं.स २०७५ असारमा जिम्मेवारी पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार