कांग्रेसले मकवानपुरबाट सुरु गर्यो स्थानीय तह निर्वाचनको समीक्षा
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार २०:५४:३५
३० भदौ, मकवानपुर । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापछि निर्वाचनको समीक्षा सुरु गरेको छ । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाइका कारण विसं २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा यही भदौ अन्तिमबाट सुरु गरेको हो ।
पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि विभागले आफ्नो पहिलो कार्यक्रम आज बागमती प्रदेशको राजधानी हेटौँडाबाट सुरु गरेको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरू एवम् उम्मेदवारसहित निर्वाचनको समीक्षा र आगामी योजनाबारे छलफल भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मजबुद बनाउँदै समग्र जनताको हितमा काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले समग्र राजनीतिक विषयका साथै जनप्रतिनिधि र आम जनताबीच कसरीे सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकाले कांग्रेसमा आवद्ध हरेक नेता, कार्यकर्ताले जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । उनले जनहितको सवालमा आफूले जुनसुकै अवस्थामा सहयोग गर्न तयार रहेको पनि बताए । कार्यक्रममा विभागका प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य मधु आचार्यलगायतको टोलीले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार