क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ: हमास अधिकारी
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार २१:५५:४१
३० भदौ, इस्तानबुल । हमासका वरिष्ठ अधिकारीले आइतबार गाजामा ११ महिनाभन्दा लामो युद्धमा क्षति भए पनि प्यालेस्टिनी इस्लामिक आन्दोलनसँग इजरायलसँग लड्न जारी राख्न पर्याप्त स्रोतहरू भएको बताएका छन् । “प्रतिरोध जारी राख्ने क्षमता उच्च छ”, ओसामा हमदानले इस्तानबुलमा एक अन्तरवार्तामा भने, “त्यहाँ सहिद थिए, बलिदान थियो तर बदलामा अनुभवहरूको सञ्चय भएको छ र प्रतिरोधमा नयाँ पुस्ताको भर्ती भएको छ ।”
इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले पत्रकारहरूलाई अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्ने हमास गाजामा सैन्य सङ्गठनका रूपमा ‘अब अस्तित्वमा छैन’ भनेको एक साताभन्दा पनि कम समयमा हमदानको उक्त टिप्पणी आएको हो ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्दी बनाएका बन्धकहरूलाई रिहा गर्ने सम्झौता गर्न बढ्दो घरेलु दबाबको सामना गरेका छन् ।
यसै महिना इजरायलले गाजामा एक सुरुङमा हमासले ‘मृत्युदण्ड’ दिएका छ बन्धकको शव फेला पारेको घोषणा गरेपछि इजरायलमा शोक र क्रोधलाई बढायो भने जेरुसेलम र तेल अभिवमा छोटो तर ठूलो आम हडताल आह्वान भयो ।
तर अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले महिनौँसम्म जारी वार्ता स्पष्ट रूपमा रोकियो । आइतबार अन्तरवार्तामा हमदानले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक अमेरिकाले रक्तपात अन्त्य हुनेगरी नेतान्याहुबाट स्वीकृति लिने प्रयास नगरेको बताए ।
“अमेरिकी प्रशासनले इजरायली पक्षमाथि पर्याप्त वा उचित दबाब दिँदैन”, उनले भने, “बरु उसले इजरायली पक्षको कुनै पनि प्रतिबद्धतालाई बेवास्ता गरेको औचित्य साबित गर्न प्रयास गरिरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार