ट्रम्पमाथि फेरी हमलाको प्रयास
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १०:०:४७
३१ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो । सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक-४७ सहित एक व्यक्तिलाई देखेपछि गोली चलाएका थिए । तर यस घटनामा ट्रम्प लक्षित गोली प्रहार भने भएको थिएन ।
ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ति व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ । राइफल बोकेका रायन वेस्ली रोथ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको सिबिआईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैंले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् । आफ्ना समर्थकहरूलाई दिएको सन्देशमा डोनाल्ड ट्रम्पले आफू सुरक्षित रहेको बताएका छन् । मेरो वरिपरि गोलीको आवाज सुनियो, तर घटनाको बारेमा अफवाहहरू फैलनु अघि, आफु ठीक र सुरक्षित रहेको जानकारी गराएका छन् । उनले आफुलाई चुनावी अभियानबाट कसैले हटाउन नसक्ने बताए ।
यसैबीच राष्ट्रपति चुनावमा उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले यो घटनाको निन्दा गरेकी छन् । यसअघि जुलाई १४ मा पेन्सिलभेनियामा ट्रम्पको र्यालीमा गोली चलेको थियो । उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
आक्रमणकारी २० वर्षीय थोमस म्याथ्यू क्रुक्सको रूपमा पहिचान गरिएको थियो, जसलाई आक्रमणको लगत्तै गोप्य सेवा स्नाइपरहरूले मारेका थिए । ट्रम्प आक्रमणबाट थोरै मात्र बचेका थिए र गोली उनको कानलाई छोएर गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार