काठमाडौंबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या, अन्य उडान पनि प्रभावित
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १०:३५:५५
३१ भदौ, काठमाडौं । सोमबार विहान भरतपुरका लागि उड्न लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या देखिएको छ । भरतपुर उड्ने तयारीमा रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि ट्याक्सी वेमा रोकेर यात्रुहरुलाई ओरालिएको थियो ।
यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका थिए । बिहान ७.२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थल सामान्य रुपले सञ्चालन भए पनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताए ।
जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई ओरालिएको हो । ओरालिएका यात्रुलाई अर्को जहाजमा पठाइएको छ । अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार