पूर्व पश्चिम राजमार्ग अन्तर्गत बारामा बस दुर्घटना, एक जनाको मृत्यु, ८ गम्भीर घाइते
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १०:४५:२५
३१ भदौ, रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा यात्रुबहाक बस दुर्घटना भएको छ ।विराटनगरबाट दाङ जाँदै गरेको बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
चालक र सहचालकसहित ४३ सवार ना ८ ख ११६४ नम्बरको बस मध्यरातमा निजगढ नगरपालिका–८ उनासी पुलमा दुर्घटना हुँदा दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते बनेका यादवको ब्योधा अस्पताल विरगंजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।
घाइतेमध्ये चालकसहित ६ जनालाई थप उपचारका लागि ब्योधा अस्पताल विरगंज पठाइएको छ भने अन्य छ भने अन्यलाई निजगढस्थित सामुदायिक प्रसुती गृह अस्पताल र सिटी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते १५ जनाको अवस्था मध्यम रहेको छ भने २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उक्त बसको अगाडिको पट्दा भाँचिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा हिमपातपछि सडक अवरुद्ध, जनजीवन प्रभावित
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार