असोज महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक: १० वटाले घटाए, ८ बैंकको स्थिर
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार ११:१:४३
३१ भदौ, काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरुले औसतमा निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ । सोमबार बिहान प्रकाशित नयाँ ब्याजदर अनुसार १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन्
राष्ट्र बैंकको व्यवस्थाअनुसार अघिल्लो महिनाको अन्तिम दिनमै पछिल्लो महिना लागु हुने ब्याजदर प्रकाशत गर्नुपर्ने व्यवस्था छ ।
भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो । असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् ।
तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् । स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा बैंकलाई लागत महँगिन गएको छ । बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।
बैंक भदौको ब्याजदर असोजको ब्याजदर
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.०१
प्राइम ६.७५ ६.२५
नेपाल ५.२५ ५.९५
सानिमा ६.२० ५.९०
सिटिजन्स ६.७५ ६.४०
कृषि विकास ६.०६५ ६.०७
राष्ट्रिय वाणिज्य ६.०७ ६.००
नेपाल एसबीआई ६.२५ ६.००
लक्ष्मी सनराइज ६.५० ६.५०
नबिल ७.०० ६.७५
इन्भेस्टेमेन्ट मेगा ६.५० ६.५०
सिद्धार्थ ६.५० ६.५०
स्टान्डर्ड चार्टर्ड ७.०० ७.००
माछापुच्छ्रे ७.०० ७.००
प्रभु ६.१० ६.१०
एनएमबी ७.४१ ६.५०
एनआईसी एसिया ७.४१ ७.१८
हिमालयन ७.०० ७.००
एभरेष्ट ६.१० ६.००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
इरानमा ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हट्यो
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार