चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १३:६:४२
३१ भदौ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो ।
संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यसवर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगितामा सहभागी हुने टीमले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताए । प्रतियोगितामा प्रथम हुने टिमले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले रु दुई लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले रु एक लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । वि.स. २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टिमको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार