अमेरिका भ्रमणका क्रममा मैले देशको शिर ढल्नेगरी कुनै पनि काम गर्ने छैनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १५:२:०
३१ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्ने गरी कुनै काम नगर्ने बताएका छन् । अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनै पनि काम नगर्ने प्रधानमन्त्री ओलीले बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा आफूले उठाउने एजेन्डा र सहभागी हुने कार्यक्रमहरूबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्ने गरी कुनै काम नगर्ने बताए । उनले भने, ‘नेपालको शीर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम मर्दिन । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरूबारे संसदलाई जानकारी गराउनेछु ।’
महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् । उनले संयुक्त राष्ट्रसंघको महासभामा यहाँका आन्तरिक प्रबृत्तिहरूकोबारेमा नभइ समग्र राष्ट्रका कुराहरै पेश गर्ने जानकारी दिए । उनले यसपटक जलवायु परिवर्तनका विषयहरूमा आफ्नो दृष्टिकोण पेश गर्ने उनले जानकारी दिए ।
उनले भने, ‘यहाँका आन्तरिक प्रवृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन । क्याइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ ? यो विश्वव्यापी समस्या हो । हामीले ध्यानदिनुपर्ने भनेको पिपुल र प्लानेट हुन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार