विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १५:२४:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/lagu_p4BzZFB2S8_z6d6hqaBhs.png)
३१ भदौ, काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् । जसमा रूपन्देही, बुटवल उपमहानगरपालिका-२ भिमसेन पथबाट अवैध लागूऔषध गाँजा २९ किलोग्राम, ३ थान मोबाइल, नगद ७६ हजार ५ सय रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बुद्ध लक्ष्मी साही खड्की, ३४ वर्षीया हिना साही खड्की र दैलेख महाबु गाउँपालिका-४ बस्ने २३ वर्षीया रिहा साही ठकुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो ईकाई कार्यालय भैरहवा र प्रहरी बिट जितगढी किल्ला मैनाबगरबाट खटिएको प्रहरीले बुद्ध लक्ष्मी साहीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका-८ पानीटंकी टोलस्थित जमुना सेकुवा पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित भारत विहार मोतीहारी थाना आदापुर बस्ने २३ वर्षीय बिकाश कुमार पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२२ कान्तितालस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-३ बस्ने २९ वर्षीय सलमान खाँलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे. ७ प ३९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम, नाइट्राभेट १ पत्ता र ट्रामाडोल २ पत्ता सहित सोही नगरापालिका-९ बस्ने २७ वर्षीय पदम बहादुर शाहीलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ख ०७६९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोग्राम र मोबाइल १ थान सहित सोही गाउँपालिका-४ बस्ने ३४ वर्षीय वृद्धिलाल तामाङ समेत ३ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदैं गरेको लु।२ ख ४५२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
फागुन ४, २०८१ आइतबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार