सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १५:२६:३७
३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्यान्यवन गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको बैठकमा समितिका सभापति सुर्य थापाले समितको प्रतिवेदन पेश गरेका थिए ।
एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।
समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।
समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे 'दिलेन्द्र प्रसाद बडू' र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
दुई दलीय कार्यदलः सत्तासँग समानान्तर शक्तिको अभ्यास
कात्तिक २२, २०८१ बिहिबार
मुलुकलाई अस्थिरताबाट बचाउन कांग्रेस-एमालेको सरकार
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
कात्तिक २३, २०८१ शुक्रबार
देशभरको मौसम सफा रहने
कात्तिक २३, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः ४ जनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २३, २०८१ शुक्रबार