कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार २१:१४:४९
३१ भदौ, मोरङ । कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो ।
असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनःविद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने जनाइएको छ ।
प्रदेश मूल समारोह समितिद्वारा आयोजित उक्त दिवसको अवसरमा झाँकी प्रदर्शनी, खेलाडी कौसल प्रदर्शन र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए।
असोज २ गतेदेखि ४ गतेसम्म तीन दिन मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घर आँगन सफाई, अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण, साँझ घर र कार्यालयमा दीपावली गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार