कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार २१:३७:४८
३१ भदौ, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
उनले भने, “सम्मानित अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखेका छौँ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट त्यसका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाको कैद हिसाब गर्दा आठ वर्ष १० महिना एक दिन हुन आउँछ । उनीहरूबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा ५२, लागुऔषध मुद्दामा नौ, चोरीसम्बन्धी मुद्दामा एक, अपहरण तथा शरीर बन्धकमा एक, हातहतियार तथा खरखजना मुद्दामा एक, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा एक, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा दुई रहेका छन् ।
यसैगरी बालयौन दुरुपयोग मुद्दामा दुई, बैंकिङ कसुर मुद्दामा छ जना, अभद्र व्यवहारमा तीन, लेनदेनमा तीन, सवारी ज्यान मुद्दामा दुई र जालसाझीमा मुद्दामा तीन जना रहेको प्रनाउ शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार