सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार २१:४९:४
३१ भदौ, बेलबारी (मोरङ) । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा दश टोलीको सहभागिता रहने आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।
उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११ फुटबल क्लब झापा, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, रारा फुटबल क्लब राजारानी धनकुटा र भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाँउ वेस्ट वेङ्गाल रहने आयोजक समितिले जनाएको छ ।
बेलबारी नगरपालिका र अखिल नेपाल फुटवल सङ्घ (एन्फा)को मुख्य सहयोग र आरजु राईस मिलको मुख्य प्रायोजन रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पाउनेछन् । यस गोल्डकपको प्रथम संस्करणदेखि छैठौँ संस्करणसम्म डाँगिहाट युथ क्लब आयोजकको नाम रहँदै आएकोमा यस पटक भने आयोजक क्लबको नाम परिवर्तन भइ एल एक्स सिटी फुटबल क्लब भएको छ ।
सातौँ संस्करणदेखि रनिङ कप गोल्डकपमा दुई तोला सुन र दुई किलो पाँच सय ग्राम चाँदी जडित ट्रफी रहने आयोजक समितिका अध्यक्ष विक्रम राईले जानकारी दिनुभयो । सो ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्नो स्वर्गीय बुबा मज एनबि रुङ्माहाङ राईको स्मृतिमा सौजन्य गरेको हो।
उक्त रनिङ कप ट्रफी लगातार तीन पटकको विजेता टोलीले प्राप्तसमेत गर्ने अध्यक्ष राईले बताए । हरेक दिनको खेलमा म्यान अफ दि म्याचसहित विधागत पुरस्कार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयीमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक रहने आयोजक समितिका महासचिव शम्भु बस्नेतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
ओमानविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
असोज २, २०८१ बुधबार
विश्वकप लिग-२ : ओमानले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ३, २०८१ बिहिबार