कमला ह्यारिसको समर्थन गरेपछि ट्रम्पले भने– आई हेट टेलर स्विफ्ट !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार ९:१२:५३
१ असोज, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गायिका टेलर स्विफ्टलाई निशाना बनाएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘आई हेट टेलर स्विफ्ट’ पोस्ट गरेका छन् । ट्रम्पको पोष्टहरू टेलर स्विफ्टको इन्स्टाग्राम पोस्टको प्रतिक्रियामा आएका हुन् ।
टेलर स्विफ्टले सेप्टेम्बर ११ मा राष्ट्रपतिको बहसपछि कमला ह्यारिसको समर्थनमा पोस्ट गरेकी थिइन् । यस पोस्टमा टेलरले केही दिनदेखि भाइरल भइरहेको एआई जेनेरेट गरिएको भिडियोको पनि खण्डन गरेकी छिन्, जसमा उनी ट्रम्पको समर्थनमा देखिएकी थिइन् ।
टेलरले पोस्टमा उक्त भिडियो नक्कली भएको लेखेकी छन् । मैले निर्णय गरेको छु कि नोभेम्बर २०२४ मा हुने राष्ट्रपति चुनावमा म कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु । कमला र टिम ट्रम्पको प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । टेलर स्विफ्टले कमला ह्यारिसको प्रशंसा गर्दै उनलाई योद्धा, स्थिर र प्रतिभाशाली नेता भनेकी थिइन् । उनले अराजकताको सट्टा शान्तिका माध्यमबाट मुलुकमा धेरै उपलब्धि हुने कुरा गरेकि थिइन् ।
राष्ट्रपति चुनावमा टेलर स्विफ्टको समर्थनबाट कमला ह्यारिसले फाइदा लिन सक्ने बताइन् । टेलर स्विफ्टका फ्यान भएका अमेरिकी गोरा महिलाहरूको ठूलो समूह छ । स्विफ्टको समर्थनपछि उनीहरु पनि कमलाको समर्थनमा जान सक्ने बताइएको छ । इन्स्टाग्राममा टेलरका २८४ मिलियन फलोअर्स छन् । यो संख्या आफैमा ठूलो छ, त्यसैले यसको प्रभाव राष्ट्रपति चुनावमा देख्न सकिने विश्लेषण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
पुष १, २०८१ सोमबार
एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै
पुष १, २०८१ सोमबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार