कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार ९:४१:१९
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट डोटीका तीन जना गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि जटिल रोगबाट पीडित रहेर आर्थिक अभावले उपचारमा कठिनाइ खेप्दै आएका शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका बेरबाटाका खेमबहादुर बम र जोरायल गाउँपालिका गडसेराका बमबहादुर चोखालको पचारका लागि आर्थिक सहयोग गरिएको विष्टले बताए।
'उहाँहरूको अवस्थाले पिरोलिरहेको थियो। त्यसैले सहयोगका केही मनकारी दाता साथीसँग सहयोगका लागि अपिल गरेँ। उहाँहरूले सहयोग पनि गर्नु भयो। ३ लाख २० हजार संकलन भएकोमा तीनै जनालाई जनही १ लाख १ सय ४ रुपैयाँ उहाँहरूले उपलब्ध गराउनु भएको खातामा पठाइसकेको छु,' नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिसमेत रहेका विष्टले भने।
यसका साथै लामो समयदेखि अपांगता जीवन बिताइरहेका लालबहादुर कलेललाई २० हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ छ। उनले उपचारका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन्।
'दान दिएर रित्तो कहिल्यै भइँदैन। सबैभन्दा ठूलो दान र धर्म नै मानवता तथा मानवीय सेवा हो। यही मानवीय धर्ममा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनप्रति आभार। बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना,' उनले भने। पटक-पटक विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका विष्टले आगामी दिनमा पनि आफ्नो यस कर्मलाई जारी नै राख्ने बताएका छन्।
विष्टले लामो समयदेखि समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। २०७२ सालको भूकम्प, बाढीपहिरोका बेला सहयोग गर्दै आएका विष्टको पहलमा डोटीमा एम्बुलेन्ससमेत सञ्चालनमा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार