संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १०:७:४३
१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जानु अघि बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त हुन लागेको प्रधानन्यायाधीश पदमा प्रकाशमान सिंह राउतलाई सिफारिस गर्याे । यसका लागि संवैधानिक परिषदको बैठक दुई पटक बस्नु परेको थियो । राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निश्चितजस्तै भएपनि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही बुझ्नु पर्ने भनेपछि सिफारिसका लागि दोस्रो पटक कुर्नुपरेको थियो ।
सत्ताबाट भर्खरै प्रमुख प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले संवैधानिक निकायका नियुक्तिमा सत्ता गठबन्धनसँग भाग खोज्नकै लागि उनले अड्काएका थिए । उनी यतिबेला संवैधानिक परिषदमा सत्तापक्षको बहुमत नरहेकाले नियुक्तिमा भागवण्डा खोज्ने रणनीति लागेका छन् । सोमबार बसेको संवैधानिक परिषदले प्रधानन्यायाधीशबाहेक अरु कसैको पनि सिफारिस गर्न नसक्नुको कारण पनि त्यही रहेको छ ।
संवैधानिक निकायमा नियुक्ति सिफारिस गर्दा आफूलाई भाग चाहिने अडान माओवादी केन्द्रले राख्न थालेको हो । २८ भदौमा बसेको संवैधानिक परिषदको बैठकमा माओवादी केन्द्रले भाग खोजेपछि कुनै निर्णय नै नगरी सकिएको थियो । ३१ भदौ पनि प्रधानन्यायाधीश बाहेक अन्य पदहरुमा परिषदले निर्णय गर्न सकेन । निर्वाचन आयोगको आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि परिषदले सिफारिस गर्नुपर्ने भएपनि प्रचण्डले भाग खोज्न थालेपछि अड्किएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका पदाधिकारी, प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति एकैपटक गर्नुपर्ने बताउँदै आएका थिए । २७ भदौमा बालुवाटारमा बसेको प्रधानमन्त्री ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रचण्डले रिक्त सबै संवैधानिक पदमा एकैपटक सिफारिस गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको बैठकमा प्रचण्डले संवैधानिक निकायका रिक्त सबै पदमा सहमति गरेर सिफारिस गर्नुपर्ने बताएपछि त्यसदिन रोकिएको स्रोतको दावी छ । तर, त्यसदिन सत्ता गठबन्धनले भने प्रधानन्यायाधीश सिफारिसको एउटा मात्रै एजेण्डामा सहमति गर्न खोजेको थियो । जुन विषय ३१ भदौमा निर्णय भएको छ ।
सत्ता गठबन्धनले केही दिनदेखि उपसभामुख इन्दिरा राना मगरले पदअनुकूलको आचरण नगरेको भन्दै राजीनामा मागेपछि उनी केही लचिलो बनेकी थिइन। राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी पनि थियो । तर, सत्तारुढ दलभित्र विवाद भएपछि त्यो प्रक्रियाबाट सत्ता गठबन्धन तत्कालका लागि केही पछाडि हटेको छ । ‘उपसभामुखबारे सत्ता पक्षले कुनैपनि दुई तिहाइ जुटाउनेछ’, स्रोतले भन्यो । त्यसैले संवैधानिक परिषद्मा सत्तापक्ष र प्रतिपक्षको सहभागिता बराबर छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, उपसभामुख इन्दिरा रानामगर र सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ छन् । उपसभामुख रानालाई नहटाउँदासम्म संवैधानिक परिषद्मा सत्ता गठबन्धनको बहुमत पुग्दैन । र, त्यतिबेलासम्म संवैधानिक परिषदबाट सहमतिमै निर्णय लिनुपर्ने बाध्यतामा रहेको छ ।
प्रधानन्यायाधीश श्रेष्ठको २० असोजदेखि अवकाशमा जान लागेकाले प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठकले ३१ भदौमा सिफारिस गरिसकेको छ । सर्वोच्च अदालतमा चार न्यायाधीशको पद पनि रिक्त छ । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस संवैधानिक परिषद्ले र न्यायाधीश नियुक्तिको सिफारिस न्याय परिषद्को बैठकले गर्छ । यसका लागि सरकारले उपयुक्त मौका हेरिरहेको छ । यही मौकामा प्रचण्डले न्यायाधीश नियुक्ति र संवैधानिक निकायमा भागवण्डा हुनुपर्ने अडान लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो : देउवा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
शीर्ष तहबाट जवाफ नआएपछि १७ राजदूतको संसदीय अनुमोदन अन्योलमा, आज समितिको बैठक
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
बराबरीमा रोकियो इन्टर मियामी
असोज ३, २०८१ बिहिबार
संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो : देउवा
असोज ३, २०८१ बिहिबार