गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार ११:१२:३२
१ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदाै ३१ गते सम्पन्न सञ्चालक समितिको ३१२ औं बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंठकले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैt १५ गतेदेखि बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
नवनियुक्त रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।
बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसंग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्छ : मन्त्री पौडेल
माघ १६, २०८१ बुधबार
ट्रम्पको दबाबको बाबजुद ब्याजदर स्थिर रहनसक्ने
माघ १६, २०८१ बुधबार
एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि
माघ १६, २०८१ बुधबार
जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल
माघ १६, २०८१ बुधबार