बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधान सम्मानित
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १४:२३:५४
१ असोज, काठमाडौं । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले राष्ट्रिय बाल सहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधानलाई प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तीकरणका लागि नागरिक संवाद कार्यक्रमका बीच प्रधानलाई राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
चार दशक लामो बालअधिकार आन्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भुमिकामा रहि बालअधिकार आन्दोलनलाई उचाइमा राख्नुभएको कारण राष्ट्रिय बाल सहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताए ।
नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाई राख्न प्रधानले निरन्तरुरूपमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् का बम बहादुर बानियाँ, NACG का अध्यक्ष किरण थापा लगायतका व्यक्तित्वले बालिका सहभागिता तथा सशक्तीकरणका लागी खेल्नु पर्ने भूमिकाका बारेमा आफ्ना विचार राखेका थिए । सो कार्यक्रममा बाल अधिकार अभियन्ता विष्णु खत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार