फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १५:४३:४२
१ असोज, काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनित फिल्म ‘मायावी’ को रिलिज मिति पछि सरेको छ । यस अघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ ।
यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो । फिल्मका निर्देशक दिवाकर भट्टराईले दुवै चलचित्रलाई शुभकामना दिँदै मार्ग प्रसस्त गरेको र मायावी पुस २६ गते रिलिज हुने जानकारी दिएका छन् ।
‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टर: टेक वान’ आउने निश्चित थियो तर पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ थपियो ।
पल अभिनित रावायण बक्स अफिसमा फ्लप भएपछि निर्माताले तत्कालका लागि मिति पछि सारेको विश्लेषण गरिएको छ । अब यो फिल्म पुष २६ मा मायावी अर्को फिल्म कार्साङ्सँग भिड्ने भएको छ ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ लगायतको पनि अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार