नेपाल एयरलाइन्सलाई दिएको ऋण चाँडो उठाउन सञ्चय कोषलाई अर्थमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १५:५०:२८
१ असोज, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल वायुसेवा निगमलाई दिएको ऋण चाँडो उठाउने व्यवस्था गर्न सञ्चय कोषलाई निर्देशन दिएका छन् । निगमबाट उठाउनुपर्ने लगानी उठाउने तर्फ ध्यान दिनुपर्ने उनीको भनाइ छ । सोमबार कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले सरकार ग्यारेन्टी बसे पनि ऋण उठाउन ताकेता गर्नुपर्ने बताए । वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दियाे भन्ने बारेमा पनि उनले चासो राखेका थिए । उनले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउन निर्देशन दिए । कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औंल्याउँदै निगमसँग भएको २७ अर्ब बढी लगानी उठाउन आवश्यक भएको बताए ।
कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ । संस्थाले त्यस तर्फ पनि ध्यान दिनुपर्छ । नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको छ । त्यसमा २७ अर्ब बढी लगानी भएको छ । त्यो रकम उठाउन पहल गर्नुपर्यो, सरकार ग्यारेन्टी बसेको छ भनेर बस्नु भएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार