विद्यार्थी अनुतीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्छ : नेता सिटौला
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार २२:४:४
१ असोज, झापा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पढाएको विद्यार्थी अनुतीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्ने बताएका छन् । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माविकमा आज आयोजित संस्थापक सम्मान तथा दाता परिवार सम्मान कार्यक्रममा उनले विद्यार्थी अनुतीर्ण हुँदा सबैभन्दा धेरै दुःख शिक्षकलाई लाग्नुपर्ने बताए ।
“तपाईंले पढाएको विद्यार्थी पास हुँदा सबैभन्दा खुसी हुनुपर्छ”, कार्यक्रममा उपस्थित शिक्षकलाई इङ्गित गर्दै उनले भने, “फेल हुँदा पनि धेरै दुःख तपाईंलाई लाग्नुपर्छ ।” विद्यार्थीको हरेक गतिविधिलाई शिक्षकले सूक्ष्मरुपमा अध्ययन–विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।
“अझ प्राथमिक तहका पढाउने शिक्षकले विश्वविद्यालयमा पढाउने भन्दा बढी मनोवैज्ञानिक रुपमा काम गर्नुपर्छ”, उनले भन, “विद्यार्थीको मनोविज्ञान बुझेर डिल गर्नुभएको छ कि छैन ? व्यवहार गर्नुभएको छ कि छैन ? विचार गर्नुपर्छ ।”
शिक्षा क्षेत्रको सुधारमा शिक्षक, व्यवस्थापन समिति, स्थानीय तहको विशेष भूमिका हुने बताउँदै उनले पालिकाका जनप्रतिनिधि आफू मातहत आएको शिक्षास्तर किन खस्कियो भनेर गम्भीर हुनुपर्नेमा जोड दिए ।
विद्यालय परिसरमा निर्माण गरिएको संस्थापक स्व बहादुरचन्द्रसिंह राजवंशीको अर्धकदको शालिकको राष्ट्रियसभा सदस्य सिटौलाले अनावरण गर्नुका साथै स्व राजवंशीको परिवारलाई सम्मान–पत्रसमेत हस्तान्तरण गरे ।
स्व राजवंशीले विद्यालय स्थापनाका लागि १३ बिघाह चार कट्ठा छ धुर जग्गा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले जानकारी दिए । विद्यालयको रू दुई लाख ८५ हजार पाँच सय २५ र गाउँपालिकाको रू दुई लाख नौ हजार चार सय ७५ गरी कूल रू चार लाख ९५ हजारमा संस्थापक राजवंशीको अर्धकदको शालिक निर्माण गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार