महिला टी-२० विश्वकपमा पुरुष सरह पुरस्कार रकम
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार ९:३६:५०
२ असोज, काठमाडौं । आइसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरह नै पुरस्कार रकम दिने घोषणा गरेको छ । युएईमा आगामी अक्टोबर ३ देखि शुरु हुने महिला टी-२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ ।
हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि सोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो । आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समूह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।
त्यस्तै समुह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आइसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौं स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौं र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
बराबरीमा रोकियो इन्टर मियामी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
अन्नपूर्ण न्यूरोलाई महानगरको ७ दिनको अल्टिमेटम
असोज ३, २०८१ बिहिबार
आवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
राष्ट्रिय झण्डाले दरबारमार्ग ढाकियो [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार